उर्लाबारी । मोरङको मिक्लाजुङ नेवाः देय दबूको अध्यक्षमा अभिषेक श्रेष्ठ चयन हुनुभएको छ ।
शनिबार मधुमल्लामा भएको भेलाले सर्वसम्मत उहाँको नेतृत्वमा ११ सदस्यीय मिक्लाजुङ गाउँ कमिटी चयन गरेको हो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राई, उपाध्यक्ष दिनेश पौडेल, वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ ‘अर्पण’लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नेवारको लाखे समापन गरी सहभागीहरुलाई नेवार परिकार खुवाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय