उर्लाबारी । मोरङको उर्लाबारीमा आज मोरङ इलेक्ट्रिक संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल विद्युतीय व्यवसायी संघको रुपान्तरण दिवसको विशेष अवसरमा उक्त कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा जम्मा ३९ प्रीन्ट रगत संकलन भएको संघका जिल्ला सदस्य बासु घिमिरेले जानकारी दिनुभयो । त्यस्तै संघका जिल्ला अध्यक्ष राजेश अग्रवालले आज मोरङ जिल्ला भरीका विभिन्न ठाउँहरुमा विभिन्न कार्यक्रम संचालन गरि रुपान्तरण दिवस बनाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय