दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारी–३ मा रहेको दुर्गा माबिले आज ५९ औं बालदिवसको अवसरमा नगर स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख अतिथित्य भएको उक्त कार्यक्रममा शिक्षा तथा खेलकुद शाखाका अधिकृत अशोक घिमिरे, वडा नं. ३ का वडाअध्यक्ष भीष्मराज बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पारसमणि कुइकेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उर्लाबारी भरिका नीजि तथा संस्थागत बिद्यालय र सामुदायिक बिद्यालयका विद्यार्थीहरु बिचमा राखिएको वक्तित्वकला प्रतियोगितामा कुल दुबै तर्फका गरि १४ बिद्यालयहरुले सहभागी जनाएका थिए । जसमा आधारभूत तह र मावि तहकालाई अर्को समुह गरि दुई समुहमा प्रतियोगितालाई संचालन गरिएको थियो ।
आधारभूत तर्फबाट सान्त्वना पुरस्कारमा सारदा माविकी आयुषा माझी , तेस्रो विद्याज्योति बोर्डिङ स्कुलका युदिन खतिवडा , दोस्रो नेपाल आदर्शकी निपेक्षा कोइराला र पशुपति आमाबिबाट तृप्ती भण्डारी प्रथम भएकी थिइन् ।
यता मावि तर्फबाट सान्त्वना पुरस्कारमा नेपाल दर्शन माविकी अदिती सापकोटा , तेस्रोमा सारदा माविकी बिनिता ढुंगाना , दोस्रोमा दुर्गा माबिका मिलन दाहाल र पशुपति आमाबिकी आयुसा खनाल प्रथम भएकी थिइन् ।
बिद्यालयको तर्फबाट बिद्यालयकी प्रधानाध्यापक शारदा पाण्डेले बिद्यालयलाई नमुना बिद्यालय बनाउन सहयोगको अपेक्षित रहेको बताउनुभयो । उक्त कार्यक्रम सोही बिद्यालयका शिक्षक सम्भु बराइलीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय