
उर्लाबारी । श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारी–५ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ प्रिन्ट रगत संकलन भएको छ ।
आइतबार संस्थाको कार्यालयमा भएको रक्तदान कार्यक्रममा ३७ प्रिन्ट रगत संकलन भएको अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिनुभयो । रगतको अभावका कारण कसैको मृत्यु नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ । उर्लाबारी रेडक्रसको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम भएको थियो ।