उर्लाबारी । कर्मचारीहरुको क्षमता विकासका लागि मोरङको उर्लाबारीमा रहेको अरनिको हस्पिटल प्रा.लि. एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।
शनिबार उर्लाबारीस्थित होटल ग्राण्डमा अरनिको हस्पिटलमा कार्यरत ६५ जना कर्मचारीहरुलाई प्रशिक्षक सेवक बजगाईले प्रशिक्षण दिनुभएको हो । वाक क्षमता वृद्धि साथै आत्मविश्वास बढाउनका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हस्पिटलका अध्यक्ष लोलिम पोमु लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा पनि कर्मचारीहरुको क्षमता विकासमा लागि विविध कार्यक्रम सञ्चालन गर्नेछ ।
उक्त कार्यक्रममा कर्मचारीहरु रुपा फ्याक, सुरेश राई, खेम दाहाललगायतले बोल्दै अभिमुखिकरण कार्यक्रम उपलब्धिमूलक भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय