
उर्लाबारी । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएका व्यक्तिहरुका बारेमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले झापाको दमक सचेतनामूलक कार्यक्रम गरिएको छ ।
अमेरिकी दूतावास नेपालको आर्थिक सहयोगमा लिड नेपाल दमक झापाको आयोजनामा दमकको सूर्योदय अङग्रेजी स्कुलमा शिक्षाको उज्यालो प्रकाशबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको शिक्षा पाउन बाट बन्चित कोही पनि नहोस् भन्ने हेतुले सचेतनामूलक कार्यक्रम गरिएको कार्यक्रम संयोजक नुमा लिम्बू (चञ्चला) ले जानकारी दिनुभयो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरु समाजको अभिन्न अंग भएपनि हेलाको दृष्टिकोणबाट हेर्ने गरिएको उहाँले गुनासो गर्नुभयो । जनचेतना अभिबृद्धि हुने खालको नाटक, नृत्यलगायत प्रस्तुत गरिएको अभियानकर्मी आरोही बस्नेतको भनाई छ ।