उर्लाबारी । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएका व्यक्तिले भेला भएर आफ्नो लैङ्गिक पहिचान प्रस्तुत गरी गाईजात्रा मनाउने भएका छन् ।
आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने लाल्छना विभेद घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले यस समुदायले गाईजात्रा पर्व मनाउने गरेको अभियान्ता नुमा लिम्बू (चञ्चला)ले बताउनुभयो ।
यस समुदायका लागि कार्य गर्ने विविध संस्था र अधिकारकर्मीले यस दिन गौरव यात्रा गर्ने, गीत सङ्गीत तथा नाटकजस्ता सिर्जनात्मक प्रस्तुतीसहित उत्सव कार्यक्रम आयोजना गर्ने, दीप प्रज्वलनलागायत विविध कार्यक्रम गर्दै आएका छन् ।
यो अल्पसंख्यक समुदायको अधिकारका लागि आवाज निर्माण गर्न सञ्चारकर्मी तथा सामाजिक अभियान्ताको भूमिका महत्वपूर्ण रहन्छ । यस समयमा समुदायले भोगेका समस्याको कथालाई बाहिर ल्याउने, सफलताका कथालाई प्रचार गर्ने, समुदाको मानवअधिकार प्रयोगको स्वतन्त्रताका आवाज उठाउन सबैलाई आह्वान गरेको छ । झापाको दमकमा भोली हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक लिड नेपालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय