
उर्लाबारी । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले आफ्नो समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि गाईजात्रा पर्वको अवसरमा ¥याली निकाल्ने भएका छन् ।
लिड नेपाल दमकको आयोजनामा भदौं १४ गते झापाको दमक नगर परिक्रममा गर्दैे यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका समस्या सम्बोधनमा राज्यका निकायको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको कार्यक्रम संयोजक नुमा लिम्बू चञ्चलाले जानकारी दिनुभयो । उहाँले आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको बताउनुभयो । उहाँले महिला, पुरुषसरह तेस्रो लिङ्गीलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले आफूहरूले हरेक क्षेत्रमा अपमान र विभेद झेल्नुपरेको पीडा सुनाउँदै भन्नुभयो ‘समाजमा अरूले जस्तै सम्मानजनक रूपमा बाँच्न पाउनुपर्नेछ ।’ दिवङ्गत आफन्तको सम्झना तथा आत्म शान्तिका गाईजात्रा मनाउन लागिएको अभियानकर्मी आरोही बस्नेतले जानकारी दिनुभयो । गाईजात्रा झल्किने गरी ¥याली तथा झाँकी निकालिने उहाँको भनाई छ । नृत्य प्रस्तुत गर्दै विभिन्न भेषभूषामा सजिएर उनीहरु सहभागी हुने बताइएको छ ।