उर्लाबारी । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको चुनाबी साधारणसभा भदौं १६ गते हुने भएको छ ।
आज भएको कार्यसमितिको बैठकले भदौं १६ गते चुनाबी साधारणसभा गर्ने निर्णय भएको क्लबका महासचिब विजय धिमालले जानकारी दिनुभयो । संस्थामा पूर्वी मोरङका ४२ जना सक्रिय संचारकर्मीहरु आबद्ध रहेका छन् । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुमार खड्का, महासचिब विजय धिमाललगायतले आकांक्षा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय