उर्लाबारी । उर्लाबारी गजल मञ्चको सातौं चुनाबी साधारणसभाबाट नयाँ कार्यसमिति निर्बाचित भएको छ । उर्लाबारी गजल मञ्चको अभियान नयाँ श्रष्टाको पहिचान भन्ने नाराका नयाँ नेतृत्वका साथ सभा सम्पन्न गरेको छ ।
अध्यक्षमा नयन श्रेष्ठ, उपाध्यक्षमा बासु घिमिरे, सचिबमा नबिना बस्नेत, सहसचिबमा टिका सिम्खडा र कोषाध्यक्षमा जेसिका शर्मा चुनिएका छन् ।
त्यसैगरी सदस्यहरुमा बियल राई, दिपक कार्की,युग योगी राई, तेजन खड्का, रोशनी राई र तिर्थ योन्जन चुनिएका छन् । कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार मिश्र बैजयन्ती, बिशिष्ट अतिथि प्रदेश सांसद विद्या चाम्लिङ्गलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरु अतिथिको रुपमा उपस्थिति रहेको थियोे । कार्यक्रममा प्रगति प्रतिबेदन मञ्चका अध्यक्ष निर्मल कुलुङ्गले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन मञ्चमा कोषाध्यक्ष नबिना बस्नेतले प्रस्तुत गरेकी थिइन् । २०६२ सालमा गठन भएता पनि २०६४ सालमा दर्ता भएको थियो । जसमा कार्यक्रम सञ्चालन मञ्चका सचिब बासु घिमिरेले गरेका थिए भने कार्यक्रममा मञ्चका अध्यक्ष निर्मल कुलुङ्ग राईले सभापतित्व गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय