
दिपेन्द्रबहादु विश्वकर्मा
मोरङको मिक्लाजुङ गाउँपालिका– ७ मधुमल्लामा रहेको मिक्लाजुङ सामुदायिक क्याम्पसमा अखिल (क्रान्तिकारी) ले संगठन विस्तार गरेको छ ।
मंगलबार अखिल (क्रान्तिकारी) को प्रथम क्याम्पस सम्मेलनबाट सुजन घिमिरे सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा सावना गौतम, सचिवमा बाबुराम आचार्य, सह–सचिवमा समिर खड्का र कोषाध्यक्षमा रुसभ श्रेष्ठ रहनु भएको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी ) मोरङ जिल्ला कमिटी अध्यक्ष नगेन्द्र घिमिरे, उपाध्यक्ष सरोज किराँती, सदस्य छत्र बहादुर कार्की लगायतको उपस्थित रहेको थियो । जिल्ला अध्यक्ष घिमिरेले वर्तमान शैक्षिक अवस्थामा उत्पन्न भएका बेतिथि र समस्याको टिप्पणी गर्दै सावधानका योजनामा शिक्षा प्रणालीलाई प्रभावकारी र रोजगार मुलक बनाउन संगठनले निर्वाह गर्दै आएको भुमिकाको बारेमा बोल्नु भएको थियो । त्यस्तै, उपाध्यक्ष सरोज किराँतीले संगठनको स्थापना कालदेखिका संघर्ष त्याग विद्यार्थी आन्दोलनका चुनौती र उपलब्धिहरुलाई जानकारी गराउँदै अबका भावी पुस्ताले दिनु पर्ने योगदानका बिषयमा चर्चा गर्नु भएको थियो ।