उर्लाबारी । पछिल्लो समय जन्मदिन पनि उत्सवका रुपमा मनाउने चलन बढिरहेका बेला उर्लाबारी नगरपालिका कार्यपालिका सदस्य मनमाया तामाङले भने फरक ढंगले जन्मदिन मनाउनु भएको छ ।
उर्लाबारी वडा नं. ७ की सदस्यसमेत रहेकी तामाङले आफ्नो जन्मदिन उर्लाबारी–७ स्थित नमूना बाल गृहमा मनाउनु भएको हो । आइतबार आफ्नो जन्मदिन बाल गृहमा आश्रित बालबालिकासँग उहाँले मनाउनुभएको छ । उहाँले केक काटेर बालबालिकासँग खुशी साट्नु भएको थियो । उहाँले बालबालिकालाई विहानको खानासमेत खुवाउनुभयो । बालबालिकाहरूसँग जन्मदिन मनाउन पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । सो बाल गृहमा ५६ जना बालबालिका आश्रित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय