उर्लाबारी, ‘उनले नेतृत्व गर्न सक्छिन् अर्थात उनको नेतृत्व’ साथै दुष्प्रचार र द्वेषपुर्ण अभिव्यक्ति अहिलैबाट अन्त्य गरौं भन्ने नाराका साथ शनिबार उर्लाबारीका दुईवटा वडामा शी लिड्स नेपाल: महिला नेतृत्व विकास कार्यक्रम सम्पन्न गरिएको छ । वडा नम्बर ७ र ४ मा कार्यक्रम आयोजना गरिएको हो । यसअघि पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न भइसकेका छन् ।
इन्टरनेसनल फाउण्डेसन फर इलेक्ट्रोरल सिस्टम्स (आईएफईएस) को प्राविधिक सहयोग तथा अष्ट्रेलियाली सरकारको वैदेशिक मामिला तथा व्यापार विभाग र स्वीस सरकार विकास सहयोग एसडीसीको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालद्वारा सञ्चालित शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत प्रशिक्षण मोड्युल उर्लाबारीमा आयोजना भएका हुन् । शनिबार उर्लाबारी ७ को पुर्वेली टोलस्थित शीतल चौकमा, ४ नम्बर वडाको रामेश्वर शिवालय मन्दिर परिसरमा स्थानीयवासीहरु लाई सहभागिता गराई कार्यक्रम आयोजना गरिएको हो । सहभागीलाई लैंगिक समानता तथा लैंगिक समानताको कार्यान्वयनको अवस्था, त्यसका चुनौती र भावी योजनालगायतका बारेमा जानकारी गराइएको छ
दुवै कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेल हुनुहुन्थ्यो । ७ नम्बरको कार्यक्रममा सहभागि सबैलाई अभियानकर्मी गजेन्द्र तामाङले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा उपमेयर पौडेलले यस कार्यक्रमले महिला नेतृत्व विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका बताउँदै, अहिलेपनि महिलालाई सहज रुपमा नेतृत्वमा आउन अनेकन कठिनाइ रहेकाले अबका दिनमा ति कठिनाइ हरुलाई चिर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य कल्पना रोक्का र मनमाया तामाङले पनि सजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य रोक्काले ‘शि लिड्स’को तालिमले महिला नेतृत्वबारे प्रष्ट भएको बताउनुभयो । हिजोका दिनमा आफुहरु चुलो र चौकोमा सीमित रहँदा आफ्नो परिचय दिन नै खुट्टा कमाएर बस्नुपर्ने अवस्था रहेको भन्दै यी र यस्ता खाले तालिमले आफुसंगै सिंगो समाजको सकारात्मक परिवर्तनका लागि विभिन्न पाठहरु सिकाएको उहाँको भनाई थियो । ‘शि लिड्स’ ले दिएको नैतिक शिक्षालाई सहि ढंगबाट प्रस्तुत गरेर महिलाहरुको हकहित र संरक्षण गर्दै जिविकोपार्जनमा समेत सहयोग पुर्‍याउने आफुहरुले अठोट लिएको रोक्काले बताउनुभयो ।
यस्तै, अर्की नगर कार्यपालिका तामाङले ‘शि लिड्स’ को तालिमपश्चात आफुहरु संविधानले सुनिश्चत गरेको कोटा पुरा गर्न मात्र नभई आफ्नो हकअधिकारको लागि आवाज उठाउन र आम नागरिकको सेवा गर्न निर्वाचित भएका हौँ भन्ने ज्ञान पाएको बताउनुभयो । उर्लाबारी ७ का वडाध्यक्ष उर्मिला थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अगुवा निरोज तिम्सिना, हरि ढकाललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय