
उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीको ९ सदस्यीय समिति चयन भएको छ ।
समितिको सभापतिमा उमेशजंग थापा, उपसभापतिमा इन्दिरा कार्की, सचिवमा सुमन कार्की र कोषाध्यक्षमा गजेन्द्र तामाङ चयन गरिएको हो । सदस्यहरुमा तेजप्रसाद आचार्य, विष्णुप्रसाद दुलाल, सिर्जना गिरी, कृष्णमाया बराइली र हरिप्रसाद कट्टेललाई चयन गरिएको छ । ११ सदस्यीय समितिमा तत्कालको लागि ९ सदस्यीय समिती गठन गरिएको र बाँकी २ सदस्य पार्टीको विधान अनुसार दलित, जनजाति तथा महिला समुदायवाट सदस्य समेटेर पूर्णता दिइने सदस्य तेजप्रसाद आचार्यले जानकारी दिनुभयो ।