
विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मोरङको उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समुहले सावुन बनाउने तालिम दिएको छ ।
समूहको आयोजनामा भएको ५ दिने नुहाउने साबुन बनाउने तालिममा २२ जनाको सहभागिता रहेको थियो । तालिममा पुष्पा तिम्सिना र निरोज तिम्सिनाले सहजिकरण गर्नुभएको थियो । सोमबार तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । नगरपालिकाको तर्फबाट पुर्ण सहयोग रहने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । त्यस्तै, उप– प्रमुख मिना खतिवडा पौडेलले ब्यवसायिक रुपमा साबुन उत्पादन कार्यमा लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो । त्यस्तै, वडाध्यक्ष राजन कँडेलले महिलाहरुलाई व्यवसायिक बनाउन आवश्यक उपकरण वडा कार्यालयले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सहभागीहरुको तर्फबाट संगिता घिमिरे र गौरी थापाले आयोजकहरुलाई धन्यवाद दिँदै आफुहरु व्यवसायिक बन्न तयार रहेकाले प्राविधिक सहयोग गरिदिन वडा र नगरपालिकालाई आग्रह गर्नुभएको थियो । उहाँहरुले साबुन बनाउने सीप आफूहरुका निम्ति ज्यादै लाभदायी हुने बताउनुभएको थियो । कार्यक्रममा कार्यक्रममा सव डिभिजन वज कार्यालय उर्लाबारीका प्रमुख नविनराज दाहाल, सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश सदस्य ऐनकुमारी दाहाल लगायतले महिलाहरुलाई आत्मनिर्भर बनाउने बेतिनी सामुदायिक वनले महतवपूर्ण भूमिका खेलेको बताउनुभयो । बेतिनी सामुदायिक वनका अध्यक्ष भिमबहादुर राईले सामुदायिक वन महिलाहरुको क्षमता विकास गर्दै व्यवसायिक बनाउने अभियानमा समेत लागेको बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष अर्जुन बाँस्तोलाले गर्नुभएको थियो ।