उर्लाबारी । उर्लाबारी नगरपालिकाको वित्तीय व्यवस्थापन, जेष्ठ नागरिक एकता समन्वय केन्द्र र नेपाली साहित्य समाजको आयोजनामा २०९ औं भानु जयन्ती तथा साहित्यिक सङ्ग्रह ‘दुबो’ विमोचन भएको छ ।
उक्त पुस्तक उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, जेष्ठ नागरिक एकता समन्वय समिति प्रमोद निरौलालगायतले विमोचन गर्नुभएको हो । कार्यक्रममा जेष्ठ नागरिक, विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थी र साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितहरुबाट कविता, गजल, मुक्तक, कथा समेत वाचन गरेका थिए । नेपाली साहित्य समाज उर्लाबारीद्वरा प्रकाशित पुस्तकमा समालोचना, विज्ञान प्रविधि, कथा, नियात्रा, संस्मरण, निबन्ध, धर्म संस्कृति, कविता, गजल, गीत र मुक्तक समेटिएको छ । नेपाली साहित्य समाजद्वारा असार १ गते निबन्ध र चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । यसै कार्यक्रमबीच प्रथम, द्वितीय, तृतीय र सान्तवना भएकालाई प्रमाणपत्र संगै पुरस्कार वितरण समेत भएको थियो । उक्त प्रतियोगितामा उर्लाबारी नगरमा रहेका सामुदायिक तथा नीजि गरी २४ वटा विद्यालयले सहभागी जनाएको थियो । निबन्धमा प्रथम हुने अन्वेषा बस्नेत, द्वितीय तृप्ती भण्डारी, तृतीय रोशनी भण्डारी भ र सान्तवना रुपेश न्यौपाने भएका थिए । त्यस्तै चित्रकलामा प्रथम हुने सिमन राई, द्वितीय डेविड कुमाल, तृतीय निश्चल वनेम हिमालय र सान्तवना सोनाम गुरुङ भएका थियो । नेपाली साहित्य समाजमा उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमीको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन महासचिव दधिराम ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय