उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं. ७ को कार्यालय आफ्नै भवनमा सरेको छ ।
विगत ६ बर्ष भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा कार्यालय बुधबारदेखि आफ्नै भवनमा सरेको हो । मिक्लाजुङ गाउँपालिका वडा नंं. ७ बेलगौडेमा निर्माण गरिएको वडा कार्यालयको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेल, प्रमुख प्रशासकीय अधिकृत डम्बरु बल््बलभ बराल, वडाध्यक्ष सुशिल चौहानलगायतले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ ‘अर्पण’, ३ का वडाध्यक्ष सन्तोष मगर, ५ का वडाध्यक्ष मेघनाथ तामाङ, ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवर ‘प्रवेश’ र ९ का वडाध्यक्ष सेमन्तराज दाहाल, लेखा अधिकृत सुशील बास्तोला, शिक्षा शाखा प्रमुख काशिनाथ खनाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष पौडेलले मिक्लाजुङ गाउँपालिकाको वडा नं. ७ को कार्यालय निर्माण सम्पन्न भएसँगै ९ वटै वडा कार्यालयहरूको निर्माण कार्य सम्पन्न भएको बताउनु भयो । आफ्नै कार्यालयबाट सेवा प्रारम्भ गरेपछि सेवाग्राहीहरूलाई समेत थप सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बराल, वडा नं. ८ का वडाध्यक्ष कुवँरले शुभकामना मन्तव्य राख्नु भएको थियो । वडा नं. ७ का वडाध्यक्ष सुशीलराज चौहानले लामो समयसम्म भाडामा सञ्चालनमा रहेको वडा कार्यालय आफ्नै भवनबाट सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको चौहानले बताउनुभयो । आफ्नै भवनबाट सेवा प्रवाह गर्दा चुस्त दुरुस्त सेवा प्रवाह गर्न सहज हुने चौहानले बताउनु भयो । कार्यक्रम वडा नं. ७ का वडा सचिव हरि प्रसाद कोइरालाले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय