
दिपेन्द्रबहादुर विश्वकर्मा
बेलबारी । अखिल (क्रान्तिकारी) मोरङले आज बेलबारी नगरपालिका–४ बेतना सिमसारको सभाहलमा स्ववियु निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा मोरङ जिल्ला भरिका पालिकाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जिल्ला अध्यक्ष नगेन्द्र बहादुर घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि अखिल (क्रान्तिकारी) केन्द्रिय सचिब ताजिम अन्सारी रहनुभएको थियो । नेकपा (माओबादी केन्द्र) केन्द्रिय कमिटी सखस्य कुलप्रसाद लिम्बु (कुशल), जिल्ला सह–इन्चार्ज प्रेम मिभक, अनेमा संघ (क्रान्तीकारी) केन्द्रिय सदस्य लता न्यौपाने, मोरङ जिल्ला पार्टी सचिब प्रकाश पौडेल, अनेमा संघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष टीका कुमारी भट्टराई (शिला) , वाइसीएल मोरङ जिल्ला इन्जार्ज दिपक आले , जिल्ला अध्यक्ष योगेन लिम्बु, अखिल (क्रान्तिकारी) मोरङ जिल्ला इन्चार्ज टेकेन छेत्री, केन्द्रिय सदस्य सागर किराँती साथै बेलबारी नगर उपाध्यक्ष प्रतिमा लिम्बुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष सरोज किरातीले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन उमेश ढुंगानाले गर्नु भएको थियो ।