
उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिको सभापतिमा पुनः उमेशजंग थापा चयन हुनुभएको छ ।
आज उर्लाबारी–७ स्थित नवदुर्गा मन्दिरमा भएको भेलाले सर्वसम्मत थापालाई सभापतिमा चयन गरेको हो । त्यस्तै, उपसभापतिमा इन्दिरा कार्की र सचिबमा सुमन कार्की चयन हुनुभएको छ । अन्य पदमा पहिलो बैठकले पूर्णता दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।