उर्लाबारी, व्यावसायिक सुपारी खेती गर्दै आएका किसानलाई ५० प्रतिशत अनुदानमा उर्लाबारी नगरपालिकाले सुपारीको विरुवा वितरण गरेको छ । १० हजार पाँच सय सुपारीको विरुवा वितरण गरिने जनाउदै नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिका लुइँटेलले भन्नुभयो – ‘पहिलो चरणमा ४१ सय ७५ विरुवा वितरण गरेका छौ ।’ मंगलबार किसानलाई उन्नत सिगांपुरे जातको सुपारीका विरुवा वितरण गरिएको थियो ।
कृषि शाखा प्रमुख लुइँटेलका अनुसार व्यवसायिक खेती गर्नेहरु लाई एक जना बराबर अधिकतम २५० देखि न्युनतम ५० विरुवा वितरण गरिएको हो ।
पुर्वोत्तर मोरङका उर्लाबारीका अलवा लेटाङ, पथरी, जाँते, मधुमल्ला, डाँगीहाट, बेलबारी, भोगटेनीलगायतका स्थानमा बढी मात्रामा सुपारी खेती गरिँदै आएको छ । मोरङमा ८ सय हेक्टरमा सुपारीको व्यावसायिक खेती भइरहेको छ । स्थानीयस्तरमा सहकारी नै स्थापना गरेर किसानहरूले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै अन्य किसानसमेत सुपारी खेतीतर्फ आकर्षित भएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय