उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका-१ झारसादी स्थितबाट प्रतिबन्धित लागुऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ बजे उक्त स्थानमा लागुऔषधीको कारोबार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय २१ बर्षीय दिपेश धिलाम, २० बर्षीय मेघराज माझी,२० बर्षीय धिरेन राई र उर्लाबारी-५ का २१ बर्षीय समिर बर्देवालाई लागुऔषधी बिक्रिबितरण गरीरहेको अवस्थामा फेला पारी पक्राउ गरेसगै उनिहरुको साथबाट TRAMADOL- ३ सय ६६ क्याप्सुल, SPASPAIN- ३ सय ६६ क्याप्सुल र नगद १९ हजार ६ सय रुपैया बरामद गरेको हो ।
पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

https://www.youtube.com/watch?v=mSc8yyfxnFY&t=552s

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय