उर्लाबारी । उर्लाबारी नगरपालिकाको दशौं नगरसभाको अवसरमा पत्रकार कुमार खड्का विकास र दिलिप पोख्रेल क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
आज नगरसभा समापनको अवसरमा दुबै पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको हो । विकास पत्रकारिता पुरस्कार पाएका खड्कालाई नगद २५ हजार र क्रियाशिल पत्रकारिता पुरस्कार पाएका पोख्रेलले नगद २० हजारसहित सम्मान पत्र पाए । त्यस्तै, सोही अवसरमा जेष्ठ पत्रकार दुर्गाप्रसाद भट्टराईलाई पनि नगद ५ हजारसहित पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय