
उर्लाबारी । पथरीशनिश्चरे नगरपालिकाको १३ औं नगरसभाको अवसरमा ५ जना खेलाडीलाई सम्मान गरिएको छ ।
पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ब्यवसायिक फुटबल खेलिरहेका ५ जना खेलाडीलाई सम्मान गरेको हो । फुटबल खेलाडी वडा नं. १ का दिपक राई, दिपा न्यौपाने, वडा नं. ४ की सरु लिम्बु, वडा नं. ७ का पुनम चेम्जोङ र वडा नं. १० का रुपा धिमाललाई सम्मान गरेको छ । उनीहरुलाई जनही २५ हजार रुपैयाँको नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान ओढाएर नगरप्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्लेलगायतले सम्मान गर्नुभएको थियो ।