
उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ४ को वृत्तचित्र सार्वजनिक भएको छ ।
आज उर्लाबारी वडा नं. ४ को कार्यालयमा वृत्तचित्र सार्वजनिक गरिएको हो । उर्लाबारी वडा नं. ४ को सहयोगमा पूर्वी कमाण्ड मिडिया प्रा.लि. ले निर्माण गरेको वृत्तचित्रको ब्यवस्थापन प्रमुख कुमार खड्का, निर्देशक सरोज बस्नेत, भिडियोग्राफर टिका शिम्खडा, छबी श्रेष्ठ, स्टोरी केदार चौहान, सहयोगी ब्यवस्थापन विजय धिमाल, विकास निरौलालगायत गरेका थिए भने भिडियो सम्पादन पुजन दासले गरेका हुन् । वडाध्यक्ष कलयाण्कुमार राईले वडाको सबै कुरा वृत्तचित्रमा समेटिएको बताउनुभयो । आगामी दिनमा पूर्वी कमाण्ड मिडिया प्रा.लि. सँग सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनुभयो । अग्रज पत्रकार केदार चौहानले पनि वृत्तचित्र राम्रो बनेको प्रतिकृया दिनुभएको छ । यसअघि पूर्वी कमाण्ड मिडिया प्रा.लि.ले उर्लाबारी–२ र नगरपालिकाको वृत्तचित्र निर्माण गरिसकेको छ ।