उर्लाबारी – उर्लाबारी नगरपालिकाले सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन सञ्चार व्यवस्थापन कार्यविधि बनाउने भएको छ । नगरपालिकाको सभाहलमा उर्लाबारी नगर क्षेत्रमा क्रियाशिल पत्रकारहरुसँग आज भएको छलफलमा नगर प्रमुख गंगाप्रसाद खरेल र प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन कार्यविधि निर्माण हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नगर प्रमुख खरेलले पत्रकारहरुसँग समन्व्य गरेरै चाडै कार्यविधि निर्माण गर्ने बताउनुभयो । कार्यविधि निर्माण भएपछि उर्लाबारीबाट संचालित सञ्चार क्षेत्र व्यवस्थित हुने विश्वास ब्यक्त गर्नुभयो ।

सञ्चार क्लब उर्लाबारीका अध्यक्ष नवराज भट्टराईले धेरै स्थानीय तहहरुमा सञ्चार कार्यविधिहरु निर्माण भईसकेको बताउनुहुँदै यहाँको सञ्चार क्षेत्रको विकाश र प्रबद्र्धनमा चाँडै कार्यविधि निर्माण गरि जारी गर्न माग गर्नुभएको थियो । छलफलमा सञ्चार क्लबका पूर्व अध्यक्ष, सदस्य तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय