
उर्लाबारी । उर्लाबारी र दमक नगरपालीका छुट्याउने मावा खोला किनारामा मावा सौन्दर्य परियोजना संचालन गरिने भएको छ । उक्त परियोजना संचालनका लागि आईतबार उर्लाबारी—७ का पूर्व वडाध्यक्ष वीरवल थापाको संयोजकत्वमा १५ सदस्यीय परियोजना समिति गठन गरिएको छ ।
आज उर्लाबारी वडा नम्बर ७ की वडाध्यक्ष उर्मीला थापाको रहोबरमा एक भेला आयोजना गरी उक्त समिति गठन गरिएको हो ।
महेन्द्र राजमार्ग सडकखण्डअन्तर्गत मावा पुल पश्चिमको तटबन्धमा वडाको सिमानासम्म उक्त परियोजनामा झोलुङ्गे पुललको अवधारणासहित हरियाली वातावरणसहितको मनोरञ्जनात्मक व्यापारिक स्थल निर्माण गरिने संयोजक थापाले जानकारी दिए ।
उनका अनुसार उक्त परियोजनाले उर्लाबारीलाई थप सौन्दर्य बनाउनेछ । राजमार्गदेखि दक्षिण ५ सय मिटरमा झोलुङ्गे पुल निर्माण गरि दमक जोड्ने उक्त परियोजनाको लागि नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले समेत स्थलगत निरिक्षण गरिसकेको थापाले जानकारी दिए । उनले विभिन्न निकायहरुबाट प्राप्त भएको सकरात्मक आश्वसनले काम गर्न जाँगर चलेको बताउदै समितिले मंगलबारदेखि नै काम गर्न थाल्ने बताए । उनका अनुसार केहि दिनमै परियोजना सफल बनाउन स्थानिय, प्रदेश र केन्द्र सरकारसँग डिपिआर सहितको योजना तयार गरि पेश गरिनेछ ।
कार्यक्रममा वडाध्यक्ष थापासहित नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखा सभापति भानु पराजुली, सामाजिक अभियान्ता जयधर्म आचार्य, सचिन शाक्य, दिनेश श्रेष्ठ, नेपाली कांग्रेस वडा नम्बर ७ का वडा सभापति मदनकुमार प्रसाँइ, राप्रपाका नेता पूर्ण वाइबालगायतको उपस्थिती रहेको थियो ।