उर्लाबारी। उर्लाबारी जेसीज बर्ष २०२३ को जेसीज सप्ताह कार्यक्रम अन्र्तगत शनिवार बिहान दुर्गापुरीमा वाकाथोन र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहान दुर्गापुरी चोकबाट सुरु भएको वाकाथोन वडा कार्यालय हुँदै चोक क्षेत्र परिक्रमा गरिएको थियो ।

वाकाथोनमा जेसिज सदस्य, स्थानीय युवा, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी लगायत गरी १३० भन्दा बढीको सहभागिता रहेको थियो । नियमित व्यायम गरौँ, स्वस्थ्य रहौँ भन्ने सन्देशका साथ वाकाथोन कार्यक्रम गरिएको थियो । यस्तै शनिवारै भएको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको उर्लाबारी जेसिजका अध्यक्ष सिताराम ओझाले जानकारी दिनुभएको छ । उर्लाबारी रेडक्रसको प्राविधिक सहयोगमा दुर्गापुरीमै रक्तदान कार्यक्रम गरिएको थियो ।

जेसिज सप्ताह अन्र्तगत शुक्रवार उर्लाबारी चोक क्षेत्रमा सरसफाई ट्राफिक सचेतना र मैत्रीपूर्ण फुटसल कार्यक्रम गरिएको थियो भने आईतबार उर्लाबारी ४ स्थित जेष्ठ नागरिक भवनमा मुटु सम्बन्धी जाँच कार्यक्रम राखिएको उर्लाबारी जेसिजका महासचिव नविन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, जेठ १५ गते सोमबार वक्तृत्वकला प्रतियोगिता र जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको जेसिज सप्ताह कार्यक्रम संयोजक भुपाल काफ्लेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय