
उर्लाबारी । उर्लाबारी जेसीज बर्ष २०२३ को जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । जेठ १२ गतेदेखि १५ गतेसम्म जेसीज सप्ताह कार्यक्रम गर्ने भएको हो जेठ १२ गते शुक्रबार उर्लाबारी चौक सरसफाई, ट्राफिक सचेतना कार्यक्रम, मैत्रीपूर्ण फुटसल खेल गर्ने भएको महासचिब नविन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, जेठ १३ गते शनिवार वाकाथोन, खुल्ला रक्तदान कार्यक्रम गर्ने तालिका रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, जेठ १४ गते आईतबार मुटु सम्बन्धी जाँच कार्यक्रम राखिएको छ । त्यस्तै, जेठ १५ गते सोमबार वक्तृत्वकला प्रतियोगिता र जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको अध्यक्ष सिताराम ओझाले जानकारी दिनुभयो ।