
उर्लाबारी । स्वयम्भू योगी (जङ्गी बाबा) ले आफुलाई अन्याय भएको भन्दै न्यायका लागि अपिल गर्नुभएको छ ।
मोरङको उर्लाबारीमा आज पत्रकार सम्मेलन गरी आफुलाई कन्काई नगरपालिका र कोटीहोम क्षेत्रमा प्रवेश निषेध गरी अन्याय गरेको उहाँको भनाई छ । एक महिलालाई कुटपिट गरेको भन्दै आफुलाई षड्यन्तपूर्वक निषेध गरेको उहाँले बताउनुभयो । कोटी होम क्षेत्रमा पुनः प्रवेश गरे कार्वाही गर्ने भन्दै सहीछाप गराइएको छ ।
घृतकौशिक गोत्रीय प्रतिष्ठान कन्काईमाईमा विगत २ महिनादेखि आफु बस्दै आएको र कसैलाई कुटपिट नगरेको पनि उहाँले दाबी गर्नुभएको छ । आफुलाई जवरजस्ती सहीछाप गराएको र आफु निर्दोष रहेको दाबी गर्नुभयो । घटनाको सत्यतथ्य छानविन गर्न पनि उहाँले माग गर्नुभएको छ । जङ्गी बाबा लामो समयदेखि योग प्रशिक्षकको रुपमा काम गर्दै आउनुभएको छ ।