उर्लाबारी, उर्लाबारी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय र बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकालाई डिजिटल पाटीलगायत शैक्षिक सामग्री उपलब्ध गराएको छ । उर्लाबारी ४ स्थित भानु आधारभुत विद्यालयमा एक कार्यक्रमकाबीच नगर प्रमुख गंगाप्रसाद खरेलले सामग्रीहरु हस्तान्तरण गर्नुभयो । विद्यालयको बाल कक्षाका लागि आवश्यक कार्पेट सफा गर्ने भ्याकुमपनि नगर प्रमुख खरेलले प्रधानाध्यापक गोविन्द निरौलालाई हस्तान्तरण गर्नुभएको थियोे । यसअघि भानु आधारभुत विद्यालयमा बाल कक्षाका लागि कार्पेट उपलब्ध गराइसकिएको र सबै विद्यालयको बाल शिक्षाको स्तरोन्नितको थालनी सुरु गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अशोक घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धि र गुणस्तरीय शिक्षाका अनेक आयाम भएको उल्लेख गर्दै नगर प्रमुख खरेलले शैक्षिक सुधारका लागि पाठ्यपुस्तकको मात्रै भर नपरी बढीभन्दा बढी शैक्षिक सामग्रीको प्रयोगमा ध्यान पुर्याउनुपर्ने बताउनुभयो । जाँगर, मिहिनेत र म कक्षामा शैक्षिक सामग्रीसहित मात्रै पस्छु भन्ने अठोट लिनुपर्ने जनाउदै उहाँले भन्नुभयो –‘कुरा सामान्य लाग्न सक्छ, तर यसले शिक्षण सुधारमा देखिने र उल्लेखनीय प्रभाव पार्दछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय