
उर्लाबारी । उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा निरुपा निरौला चयन हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारी नगरअध्यक्ष समेत रहनुभएकी निरौलालाई नगरपालिकाले सदस्यको रुपमा पठाएको थियो । सदस्यहरुको भेलाले निरौलालाई अध्यक्षमा चयन गरेको प्रधानाध्यापक सुवास सापकोटाले जानकारी दिनुभयो ।