दिपेन बराईली
उर्लाबारी । मोरङको उर्लाबारी – ४ मा अवस्थित सप्तकोशी आवासीय माध्यमिक विद्यालयले ३ लाख ८० हजार ७ सय १० रुपैयाँ बराबरको १५ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
स्कुलले नर्सरीदेखि कक्षा १० सम्मका प्रत्येक कक्षाबाट प्रथम हासिल गरेका १५ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको हो । केही विद्यार्थीहरुले बराबर अंक ल्याएपछि आधा आधा छात्रबृत्ति बराबरको रकम बाँडिएको छ । विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष मिश्र बैजयन्तीको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराई, अभिभावक विनोद नेपाल, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईलगायतको आतिथ्यता रहेको थियो । उर्लाबारी–५ मा नर्सरीदेखि कक्षा ३ सम्म र उर्लाबारी–४ मा ४ देखि १२ सम्म सञ्चालन भइरहेको छ । उत्कृष्ट छनौट भएका विद्यार्थीहरुलाई छात्रबृत्ति स्वरुप ११ महिनाकै मासिक शुल्क बराबरको नगद प्रदान गरिएको संस्थापक प्रिन्सिपल भट्टराईले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्वअन्तरगत विद्यालयले बर्षेनी छात्रबृत्ति प्रदान गर्दै आएको छ । विद्यालयले कक्षा प्रथमलाई छात्रबृत्तिको ब्यवस्था गर्दै आएको छ भने गरिब तथा विपन्न, दलित, अपाङ्गता, द्वन्द्वपीडितलगायतका विद्यार्थीहरुलाई आशिंक र पूर्ण छात्रबृत्ति प्रदान गरिरहेको अध्यक्ष वैजयन्त्रीले बताउनुभयो । सप्तकोशीले सामाजिक उत्तरदायित्वअन्तरगत विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरी उत्कृष्ट पढाई भएका विद्यार्थीलाई प्रोत्साहन गरेको भन्दै अभिभावक विनोद नेपालले प्रशंसा गर्नुभयो । उर्लाबारी–४ को आइतबारेमा २ विगाहा जग्गामा फैलिएको विद्यालयमा हाल कक्षा नर्सरी देखि १२ सम्ममा १ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । –प्रशिक्षार्थी पत्रकार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय