
उर्लाबारी । मोरङको उर्लाबारीस्थित आकार फाउण्डेशनमा निःशुल्क आँखा शिबिर सम्पन्न गरिएको छ ।
आज विशेष अवस्था भएका बालबालिका तथा अभिभावकहरुका लागि शिबिर आयोजना गरिएको हो । अरविन्द आई केयर एण्ड अप्टिकल्स प्रा.लि. इटहरी, देवकोटा आँखा क्लिनिक तथा झापा चस्मा घर उर्लाबारी–७ र आकार फाउण्डेशनको संयुक्त आयोजनामा भएको शिबिरमा १ सय २० जनाले आँखा जाँच गराएका छन् । नेत्ररोग विशेषज्ञ तथा थेरापिस्ट अविनाश कुमार अमरले चेकजाँच गर्नुभएको आकार फाउण्डेशनकी सञ्चालिक प्रिसिमा थापाले जानकारी दिनुभयो ।