
उर्लाबारी । मोरङको मिक्लाजुङमा सम्पन्न तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि मिक्लाजुङ वडा नं. २ ले जितेको छ ।
वडा नं. ६ लाई ट्राइबेकरमा हराउँदै वडा नं. २ ले उपाधि जितेको हो । खेलको पहिलो हाफमा वडा नं. २ का अनिल चाम्लिङले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि दोस्रो हाफमा सम्हालिन सकेन । दोस्रो हाफ मिक्लाजुङ–६ का राजेन्द्र मगरले गोल गर्दै खेल बराबरीमा पु¥याए । निर्धारित समय निकै आक्रमक भएको खेलमा दुबै टिमबाट एक÷एक गोल भएपछि सिधै ट्राइबेकरबाट निर्णय गरिएको थियो । ट्राइवेकरमा वडा नं. २ ले वडा नंं. ६ लाई ४–३ अन्तरले हराउँदै उपाधि चुमेको छ ।
खेलको म्यान अफ द म्याच मिक्लाजुङ वडा नं. ६ का राजेन्द्र मगर, हाइ स्कोर वडा नं. ७ का युवराज श्रेष्ठ, बेष्ट गोल किपर वडा नं. २ का सञ्जोग लिङ्देन , बेष्ट डिफेण्डर वडा नं. ६ का मेघराज तामाङ, राइजिङ प्लेयर मिक्लाजुङ वडा नं. ९ का शुलभ राई, बेष्ट मिड फिल्डर वडा नं. ६ का दिप्चन मगर र म्यान अफ द शिरीज मिक्लाजुङ वडा नं. २ का श्याम बम्जन घोषित भए ।
प्रतियोगिताको विजेता वडा नं. २ ले नगद १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने वडा नं. ६ ले ५१ हजार ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । बिजेता र उपबिजेतालाई ट्रफी मेडल र प्रमाणपत्र मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई, उपाध्यक्ष दिनेश पौडेल, प्रमुख प्रसाशकीय अधिकृत डम्मरु बल्लभ बराल, लेखा अधिकृत सुशिल बास्तोला, र वडाध्यक्षहरुले वितरण गर्नु भएको थियो । कार्यक्रम उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यता तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।