उर्लाबारी, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले अग्रजलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका छन् । नगरपालिकाद्वारा आयोजित जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रममा बोल्दै मेयर खरेलले आफूले अरूको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने बताए । सबै मानिस बालकबाट युवा हुँदै जेष्ठ अवस्थामा आइ पुग्ने भएकाले जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने खरेलको धारणा थियो ।
परिवार र समाजका लागि जीवन समर्पण गरेका जेष्ठ नागरिकहरुले जीवनको उतरार्धमा सम्मानित जीवनयापन गर्ने चाहना राख्ने उल्लेख गर्दै जेष्ठ नागरिकलाई सम्मान गरी सभ्यताको परिचय दिने हेतुले कार्यक्रम आयोजना गरिएको सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले जानकारी दिइन् ।
उर्लाबारी नगरभित्रका ९० वर्ष माथिका १५ जना वृद्धवृद्धालाई मेयर खरेल र उपमेयर मीना खतिवडा पौडेलले सहायता सामग्री र यातायात खर्चसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय