उर्लाबारी । मोरङको उर्लाबारीमा आदिवासी जनजाति युवायुवतीहरुका लागि लोकसेवा आयोग तयारी कक्षा सुरु भएको छ ।
उर्लाबारी–७ स्थित टेक्निकल इन्स्टिच्युट अफ मल्टि एजुकेशनल स्किल्स (टाइम्स) को आयोजनामा ९० घण्टे तयारी कक्षा सुरु भएको हो । उर्लाबारी नगरपालिकाको सहयोगमा भएको उक्त तयारी कक्षामा ४० जनाको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल रहनुभएको थियो भने कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेल, आदिवासी जनजाति नगर समन्वय परिषद उर्लाबारीका अध्यक्ष शमशेर लिम्बू, सामाजिक अभियन्ता रुद्रबहादुर तामाङलगायतले बोल्नुभएको थियो ।
टाइम्सका अध्यक्ष प्रेमराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक सदस्य दुर्गाप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन नवराज भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय