
उर्लाबारी । पहिचानसहित प्रदेशको नामाकरण गर्नु पर्ने माग गर्दै कोशी प्रदेश लेखिएका बोर्डहरु हटाउन थालिएको छ ।
प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश लेखिएका बोर्डहरु हटाउन थालेको हो । कोशी प्रदेश खारेज गरेर किरात लिम्बूवान घोषणा गर्नु पर्ने माग माग गर्दै आन्दोलित बनेका छन् । मोरङको पथरीशनिश्चरे, इलामको देउमाई नगरपालिकालगायतको बोर्डबाट कोशी प्रदेश हटाइएको छ ।