
उर्लाबारी । नेपाल उद्योग वाणिज्य महासंघको चैत्र २८ र २९ गते हुने निर्वाचनमा मोरङको उर्लाबारीका व्यवसायी चन्द्रबहादुर भट्टराई (भरत) केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने हुनुभएको छ ।
उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष भइसक्नु भएका भट्टराई ७ शाखा अध्यक्षको जिम्मेवारीमा रहनु भएको छ । लामो समयदेखि ब्यवसाय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सक्नु भएका भट्टराई उर्लाबारीलाई प्रतिनिधित्व गर्दै पहिलो पटक केन्द्रीय सदस्य बन्ने ध्यानमा हुनुहुन्छ ।