
उर्लाबारी । पहिचानसहित प्रदेशको नामाकरण गर्न माग गर्दै आन्दोलनमा होमिएका उर्लाबारीका प्रभु दिलुङ्छा राईले उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलमाथी भएको घटनाप्रति खेद प्रकट गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमा आफ्ना धारणा पोष्ट गर्दै उहाँले उर्लाबारीबासीले पहिचानको आन्दोलनमा साथ दिइरहेको अवस्थामा वडाध्यक्षमाथी भएको घटना खेदजन भएको बताउनुभएको हो । उहाँले पहिचानको कुरा जातसँग जोडेर नहेर्न पनि सबैमा अपिल गर्नुभएको छ । उहाँले वडाध्यक्षमाथि भएको हातपातको घटना राजनीति छलफलको माध्यमबाट सुल्झाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँ पहिचानसहित प्रदेशको नामाकरण हुनु पर्छ भन्ने पक्षमा उभिनु भएको छ । उहाँको पार्टी नेपाली कांग्रेसले भने कोशी प्रदेशको मतदान गरेको छ । उहाँ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल उर्लाबारीको उपसभापति हुनुहुन्छ । उहाँका नगरसभापति योगराज फागोले भने हिजै विज्ञप्ति जारी गर्दै वडाध्यक्षमाथी कुटपिट गर्नेलाई कार्वाही गर्न माग गर्नुभएको छ ।