उर्लाबारी । प्रदेशको नामाकरण किरात लिम्बूवान हुनु पर्ने माग गर्दै आन्दोलित पहिचानवादीहरुले उर्लाबारी नगरपालिका ज्ञापनपत्र बुझाएका छन् ।
जनता समाजवादी पार्टी उर्लाबारीका नगरअध्यक्ष मात्रिका धिमालको नेतृत्वमा ज्ञापनपत्र बुझाएको हो । प्रदेश नम्बर १ को नाम कोशी खारेजीको माग गर्दै चैत १४ गतेबाट प्रदेश भरिका पालिका र वडा कार्यालयहरुको काम काज ठप्पसँगै तालाबन्दी गर्ने कार्यक्रम रहेको छ । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति उर्लाबारीमा आबद्ध संगठनहरु आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात धर्म तथा साहित्य उत्थान संघ, नेवा देव दवु,जनता समाजवादी पार्टी, संघीय लिम्बुवान मन्च लगायतका पार्टी, संघ संगठनले उर्लाबारीका नगर प्रमुख गंगा खरेल र वडा अध्यक्षलाई तालबन्दीको जानकारी तथा ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय