
उर्लाबारी । छैठौँ भोजपुर अल्ट्रा ट्रेल रेस – २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
मिरा राई फाउण्डेशनले मोरङको उर्लाबारीमा आज पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । यही चैत १८ गते भोजपुरको पौवादुङ्मा गाउँपालिका – ५ सानोदुङ्मामा हुने अल्ट्रा ट्रेल रेसमा देशभरका ३ सय बढीको सहभागिता रहने आयोजकका कोषाध्यक्ष नुतन राईले जानकारी दिनुभयो । रेसको तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । अल्ट्रा ट्रेल रेस ५० किलोमिटरको उहाँले बताउनुभयो । उहाँका अनुसार पुरुष र महिला दुबै बिधातर्फ प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको दुबै बिधामा प्रथम हुनेले ६० हजार, द्धितिय हुनेले ३० हजार, तृतिय हुनेले २० हजार, चौथोलाई १० हजार पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, स्थानीयका लागि १० किलोमिटरको अल्ट्रा ट्रेल रेस पनि हुने भएको छ । त्यसमा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ५ हजार, तृतिय हुनेले ३ हजार पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि १ नम्बर प्रदेश सरकार र पौवादुङ्मा गाउँपालिकासहितले आर्थिक सहयोग गरेको छ ।