झापाकाे गाैरादह १ टिकघारी स्थित निर्माणाधीन रामजानकी मन्दिर पुर्ण गर्ने उद्धेश्यले पुराणकाे आयाेजना गरिने भएकाे छ। मन्दिरमा आउँदाे चैत्र १० गतेबाट १६ गतेसम्म श्रीमद् भागवत सप्ताह महापुराण ज्ञान महायज्ञकाे आयाेजना गर्न लागिएकाे हाे।

चैत्र १० गते कलश यात्रा गर्दै सुरुहुने पुराणमा कथावाचक काठमाडौंबाट दिप टेलिभिजनका कार्यक्रम प्रस्ताेता युवा आचार्य पं.श्री यमनाथ दाहाल साथै उप वाचक आचार्य पं. श्री नारायण खनाल रहनुहुने पुराण आयाेजक समितिका अध्यक्ष धनबहादुर बानियाले बताउनुभयाे । पुराणमा राष्ट्रिय स्तरका गायक कलाकारहरुबाट संगीतमय महायज्ञ हुने अध्यक्ष बानियाले जानकारी दिनुभयाे।

स्थानीय जग्गादाता चुडाबहादुर बस्नेतले दान गर्नुभएकाे डेढ कट्ठा जग्गामा अघिल्लाे बर्षबाट निर्माण थालिएकाे मन्दिरलाई पुर्णता दिदै, मन्दिर परिसरलाई घेरावार गर्न साथै मन्दिरकाे अक्षयकोष अभिबृद्धि गर्ने मुख्य उद्धेश्यले पुराणकाे आयाेजना गर्न लागीएकाे समिति सचिव पर्शुराम बस्नेत बताउनुहुन्छ।

अघिल्लाे बर्ष यस्तै पुराणकाे आयाेजना गरेर निर्माण थालिएकाे मन्दिरकाे काम आधापनि सकिएकाे छैन। मन्दिर निर्माणमा दाताहरुकाे दान बापत संकलित १४ लाख रुपैया खर्च भै सकेकाे समिति सह-सचिव माया दाहाल बताउनुहुन्छ। साे रकम मन्दिरकाे बाहिरीभाग निर्माणमै खर्च भएकाे हाे।

मन्दिरलाई पुर्ण गर्न अझै त्याे भन्दा बढी रकम आवश्यक पर्ने अनुमान छ। मन्दिरमा आवश्यक गजुर, मुर्ति लगायतका आवश्यक सरसामान स्थानिय दाताहरुले दिने प्रतिवद्धता गर्नुभएकाे दाहालले बताउनुभयाे। अहिले लगाउन लागिएकाे पुराणबाट संकलित रकमले मन्दिरकाे सबै काम पुर्ण हुने आयाेजककाे अपेक्षा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय