
उर्लाबारी । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेविसंघको प्यानललाई जिताउन नेपाली कांग्रेस उर्लाबारीका नेताहरु लागि परेका छन् ।
उर्लाबारी क्याम्पसमा नेविसंघले सभापतिमा विवेक कार्की, सचिवमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा भुवन श्रेष्ठ र सदस्यहरुमा अञ्जना न्यौपाने, विनिता गौतम, शुशिला कार्की, सन्दिप बुढाथोकी, सुजन शंकर, विराट थापा र दिपेश चौधरीलाई उम्मेद्वार बनाएको छ । नेपाली कांग्रेस प्रदेश नं. १ का सहमहामन्त्री एबं प्रदेश स्ववियु निर्वाचन समन्वय समितिका संयोजक खड्ग फागोले नेविसंघका उम्मेद्वारहरुलाई विजयी गराउन सबै एकजुट भएर अघि बढ्न निर्देशन दिनुभयो । नेविसंघका उम्मेदवार जिताउन नेपाली कांग्रेसका वडा, नगर, जिल्ला, प्रदेश र महाधिवेशन प्रतिनिधीहरु लागि परेका छन् ।