
उर्लाबारी । नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि चिरन्जीवि थापाले उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेद्वार जिताउन अपिल गर्नुभएको छ ।
आज विद्यार्थीहरुसँग भेटघाट गर्दै नेता थापाले उर्लाबारी बहुमुखी क्याम्पस र विद्यार्थीहरुको हितमा काम गर्न सक्ने विद्यार्थीहरुलाई उम्मेद्वार बनाएकाले विजयी गराउन अपिल गर्नुभएको हो । उहाँले नेपाल विद्यार्थी संघ उर्लाबारीका सभापति विवेक कार्कीको नेतृत्व प्यानललाई मतदान गर्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । नेविसंघका उम्मेद्वारहरुलाई विजयी गराउन कांग्रेस नेताहरुको चहल पहल बढेको छ ।