
उर्लाबारी । उर्लाबारीका भुवन श्रेष्ठ नेपाल विद्यार्थी संघबाट उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु कोषाध्यक्षको उम्मेद्वार बनेका छन् ।
बिबिएस दोस्रो बर्षमा अध्ययरत श्रेष्ठ आर्थिक गतिबिधिलाई पारदर्शी बनाउँदै चुस्त दुरुस्त बनाई राख्न स्ववियुको कोषाध्यक्षमा उम्मेद्वार बनेको बताउँछन् ।
कोषहरु ब्यवस्थित बनाई आर्थिक अभिबृद्धि गर्न पहल गर्ने, स्थानीय सरकारसँग समन्वय गरी विद्यार्थीहरुको हकहितमा कार्यक्रम सञ्चालन, स्ववियुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाई विद्यार्थीहरुको हितमा परिचालन गर्ने, आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई सहयोग गर्नेलगायत एजेण्डा राखेका छन् । विद्यार्थीहरुको साथ र सहयोगमा निर्वाचन जितेको खण्डमा पदीय मर्यादामा रही विद्यार्थीहरुको हरेक समस्यामा सारथी बन्ने उनको भनाई छ । क्याम्पसमा नियमित शैक्षिक गतिविधि सञ्चालनका लागि काम गर्ने स्ववियू कोषाध्यक्ष पदका उम्मेद्वार श्रेष्ठले बताएका छन् । साथै उनले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हक र अधिकारका लागि आफुहरु संधै लागि पर्ने बताए ।