उर्लाबारी । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनको लागि उर्लाबारी बहुमुखी क्याम्पसमा ६ वटा विद्यार्थी संगठन दर्ता भएका थिए । जसमध्ये नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघबाहेक अरु एकजुट भएर निर्वाचनमा होमिएका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, जसपाको समाजवादी विद्यार्थी युनियन, राप्रपाको राप्रविसंघ र एकीकृत समाजवादीको अनेरास्ववियूले संयुक्त प्यानल रहेको छ ।

सभापतिसहित कोषाध्यक्ष र चार सदस्य अनेरास्ववियु, सचिव र एक सदस्य अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले एक÷एक सदस्यमा उम्मेद्वारी दिएका छन् । सोही प्यानलबाट अखिल क्रान्तिकारी उर्लाबारी बहुमुखी क्याम्पस इकाई अध्यक्ष थानेश्वर अधिकारी (आकाश) स्ववियू सचिवको उम्मेद्वार बन्नुभएको छ । अखिल क्रान्तिकारी विद्यार्थीको हकहितमा लड्दै बताउँदै उनले आगामी दिनहरुमा विद्यार्थीको समस्याहरुलाई केलाएर, विद्यार्थीसँग छलफल गरेर विद्यार्थीका समस्या पहिचान गरी समस्याको समाधानमा लागि पर्ने बताए । आर्थिक रुपमा विपन्नका छोराछोरी पढ्न सक्ने गरी शुल्क निर्धारण गर्न पहल गर्ने, विश्वविद्यालयले जीवन उपयोगी र रोजगारमुखी शिक्षा दिन सक्नुपर्छ, प्राविधिक शिक्षाको विकास गर्नुपर्छ, विश्व बजारमा बिक्ने शैक्षिक गुणस्तर हुनुपर्छ, विद्यार्थीको लागि भौतिक सुविधाहरु हुनुपर्छ भन्ने एजेण्डाहहरु लिएर चुनावी मैदानमा उत्रिएको उनको भनाई छ । क्याम्पस परिसरभित्र धूम्रपान तथा सुर्तीजन्य कुराहरू सेवन तीब्र रुपमा बढ्दै गएको हुँदा यसले भोलिको दिनमा निम्त्याउने घटना र क्याम्पसको मर्यादामा आँच पर्ने भएको हुँदा समयमै ध्यानाकर्षण गर्नु पर्ने आवश्यकता रहेको र यसका बारेमा गम्भिर रुपमा अघि बढ्ने उनको भनाई छ ।

क्याम्पस आसपासको क्षेत्रमा धूम्रपान तथा सुर्तीजन्य कुराहरु बिक्री वितरण बन्द गराउने विशेष पहल उनले बताए । क्याम्पसभित्र उचित खाजाको ब्यवस्थापन नहँुदा आम विद्यार्थीले विभिन्न सास्ती खेप्नु परेको हुँदा चमेना गृह सुधार, शौचालय, यातायातलगायतको समस्या समाधानमा गर्न प्रतिबद्ध भएर लाग्ने उनको भनाई छ । शिक्षकको सेवा सुबिधामा वृद्धि हुँदा गरेको सम्झौता अनुसार सम्पूर्ण रेकर्ड राख्ने , शिक्षकका गतिविधि हरुमा निगरानी राख्ने, कर्मचारी हाजिरका लागि डिजिटल प्रविधिको प्रयोग अघि बढाउने कार्यमा प्राथमिकताका साथ अघि बढाउने उनले बताए । प्राथमिक उपचार कक्षमा चाहिने सम्पूर्ण औषधि, मलम पट्टी, प्रर्याप्त सेनेटरी प्याडको ब्यवस्थापन गर्न लागि पर्ने उनले बताए । उनले भने, हामी चुनाब जित्न मात्र चुनावी मैदानमा उत्रिएको हैन, चुनाव जितेर पनि केही गर्नुपर्छ भनेर चुनावमा उत्रिएको छ । जितेपछि केही गरेर देखाउने हामीसँग सामथ्र्य र क्षमता पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय