उर्लाबारी । विद्यार्थीमाझ परिचित नाम हो, भिम ब. मंग्राती (भुवन) । चैत्र ५ गते हुने निर्वाचनमा उर्लाबारी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष पदमा उम्मेद्वार बनेका छन् ।
बिबिएस प्रथम बर्ष (पूरानो) मा अध्ययरत मंग्राती नेकपा एमालेनिकट अनेरास्ववियु उर्लाबारी नगर कमिटीका अध्यक्ष हुन् । अनेरास्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूको संयुक्त प्यानल बनाएर पाँच विद्यार्थी संगठन निर्वाचनमा होमिएका छन् । कोषाध्यक्षका उम्मेद्वार मंग्राती सबै विद्यार्थीहरुको साथ र सहयोगले निर्वाचन जित्ने बताउँछन् । स्ववियूको कोषलाई मजबुद बनाउँदै आर्थिक पारदर्शिताका लागि आफ्नो उम्मेद्वारी रहेको उनले बताएका छन् । नाम मात्रको कोषाध्यक्ष नबन्ने बताउँदै उनले सुशासन र आर्थिक पारदर्शितामा जोड दिने बताए । आर्थिकसँगसँगै उर्लाबारी बहुमुखी क्याम्पसको गुणस्तरीय शान्त वातावरणसहित पठनपाठन, भौतिक विकासमा निरन्तर पहल, प्रविधिमैत्री वातावरण साथ पठनपाठनमा जोडलगायतका विषयमा पनि लागि पर्ने उनको भनाई छ । विद्यार्थीहरुको हकहितमा प्रतिबद्ध भएर काम गर्ने उनले अठोट व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय