उर्लाबारी । दमक–१० मा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयका १२ जना विद्यार्थीलाई खगेन्द्र– पदमरत्न न्यौपाने छात्रावृत्ति वितरण गरेको छ ।
कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्ति स्वरुप नगद हस्तान्तरण गरिएको हो । छात्रबृत्ति पाउनेमा ८ छात्रासहित १२ जना विद्यार्थी रहेका छन् ।
छात्रबृत्तिका दाता खगेन्द्र पदमरत्न न्यौपानेका छोराहरु डम्बरुबल्लभ, कमल, लक्ष्मीप्रसाद, दिनेश, बिनोद, त्रिलोक र बालकृष्णसहितका परिवार मिलेर ५ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।
२०६७ सालमा स्थापना भएको उक्त अक्षयकोषबाट बर्सेनी विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिआएको कोषदाता विनोद न्यौपानेले जानकारी दिनुभयो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष राजेन्द्र भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम न्यौपाने, पूर्व जनप्रतिनिधि वोधराज न्यौपाने, दमक वाणिज्य संघका अध्यक्ष गोपाल गूरागाई, दमक जेसीज अध्यक्ष मूकेश अग्रवाल, उर्लाबारी जेसीजका महासचिव नविन श्रेष्ठ, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय