
सुनसरी, सुनसरीको ईटहरी उप-महानगरपालिका-२ हलगढा स्थितमा सफारीले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । आज दिउँसो ११ बजे तरहराबाट ईटहरी तर्फ आउदै गरेको को १ ह ५६०५ नम्बरको सफारीले ठक्कर दिदा घाईते भएका पैदल यात्री स्थानीय ६८ बर्षीया पुण्यमाया काफ्लेको उपचारको क्रममा बिराट नरसिंह होम बिराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने सफारी चालक जिल्ला स्याङ्जा पुतली नगरपालिका-८ घर भई हाल ईटहरी-८ बस्दै आएका २६ बर्षीय पिताम्बर सुबेदीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जानकारी दिएको छ ।