उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा पाँच विद्यार्थी संगठनको गठबन्धन गरेर जाने निर्णय भएसँगै अखिल क्रान्तिकारी थानेश्वर अधिकारी (आकाश) को नेतृत्वमा जाने भएको छ ।
प्रत्यक्षतर्फ अखिल क्रान्तिकारीको भागमा सचिब र एक सदस्य परेको छ । जसमा अधिकारी सचिब र दिपेन बराईली सदस्यको उम्मेद्वार बन्ने पक्का भएको जानकार स्रोत बताएको छ । समानुपातिकको पनि टुंगो लागिसकेको छ । अखिल क्रान्तिकारी उर्लाबारी बहुमुखी क्याम्पस इकाई अध्यक्षसमेत रहनु भएका अधिकारीले छलफल भइरहेको र बेलुकासम्ममा सबै उम्मेद्वार सार्वजनिक हुने जानकारी दिनुभयो । अखिल क्रान्तिकारी जिल्ला संयोजक नगेन्द्र घिमिरे, सरोज किरातीलगायतले समन्वयको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय